कोहलपुर डिएसपीको सेटिङ्गः जिउँदो मान्छेको मरेको मुचुल्का


कोहलपुर डिएसपीको सेटिङ्गः जिउँदो मान्छेको मरेको मुचुल्का

जिउँदोलाई मरेको मुचुल्का बनाइएका वनखेतका राजु थापा(गोलो घेरामा) र उनको परिवार । तस्विर : कमल न्यौपाने /सेतोखरी

वनखेत(कोहलपुर): ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका तत्कालिन डिएसपी रमेशबहादुर सिंहको सेटिङका कारण जिउँदो मान्छेलाई मरेको मुचुल्का बनाई अदालतमा पेश गरेको खुलेको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर दुई वनखेत दीपनगरका १४ वर्षीय राजु थापा अपहरण घटनामा डिएसपी सिंहले अनुसन्धान र खोजतालस बीनै अपहरणकारी भनिएका सल्यानका गोविन्द पुनसँगको सेटिङमा यस्तो मुचुल्क बनाई अदालतमा पेश गरेको खुलेको छ ।

कोहलपुरमा पुर्वपश्चिम जाने सवारी साधनमा पानी बेच्ने काम गर्दै आएका १४ वर्षीय थापालाई पानी बेच्ने क्रममै सल्यानका पुनले औषधी सुघाएर बेहोस बनाई सोही बसमा अपहरणशैलीमा तुल्सीपुर पु¥याएको खुलासा भएको छ ।

२०७५ साल साउन ८ गते साँझ ७ बजेको बसमा पानी बेच्दैं थिए । पानी बेच्ने क्रममा बसको अन्तिम सिटमा गएर त्यहाँ बसेका व्यक्ति (गोविन्द पुन) पानी मागे मैले पानी दिए त्यहि अवस्थामा मलाई के सुघाए म एक्कासी बेहोस भए त्यसपछि केही थाहा भएन उपहरणमा परेका भनिएका थापाले भने ‘जब होस आयो त्यतिबेला म तुलसीपुरमा थिए ।’

Kanti Aarogya Hospital Nepalgunj

आफूसँग पानी बेचेर जम्मा भएको पैसा र मोबाईल समेत नभएको बताउँदै ती वालकले भने ‘उक्त पुनको टोलीले ११ महिनासम्म आफूलाई धेरै तनाव दियो ।’

घरका माईला छोरा यसरी हराएपछि उनकी आमा कल्पना थापाले २०७५ साउन ९ गते कोहलपुर प्रहरीमा हुलिया दिएको बताईन् । उनले छोरो खोजी दिन प्रहरीलाई अपिल समेत गरेकी थिइन् । उनकाअनुसार तर, ईलाका प्रहरी कोहलपुरका तत्कालिन डिएसपी सिंहले कुरै सुनेनन् । उनले भनिन् ‘दिएको निवेदन पनि दर्ता गरेनन् ।’

यसपछि आफू निराश भएको बताउँने कल्पनाले छोराको खोजीमा लागिरहेको सुनाइन् । भारतका विभिन्न शहरदेखि नेपालका दर्जनबढी जिल्लामा छोरो खोज्न पुगेकी कल्पनाले ५ महिनापछि छोरो सल्यानको मुलपानीमा रहेको खबर पाएको बताईन् । छोरो भेट्न त्यहाँ पुगेकी कल्पनाले सल्यानमा भने छोरोलाई भेटन सकिनन् ।

२०७५ मंसिर ५ गते सल्यानबाट फर्किएपछि मंसिर ६ गते आफूलाई ईलाका प्रहरी कार्यालयले बोलाएर घटनाबारे सोधपुछ गरेको उनी बताउँछिन् । उनकाअनुसार कल्पनासँग कोहलपुर प्रहरीले बयान लिएको थियो । तर, विपक्षी पुनको बयान लिन कोहलपुर प्रहरीले चासो नदेखाएको उनी बताउँछिन् । कल्पनाका अनुसार डिएसपी सिंह र मुद्धाका एक सईको मिलेमतोमा पुनका विरूद्ध कल्पनाले जाहेरीसहित दिएको निवेदन कोहलपुर प्रहरीले दर्ता गरेको थिएन् । प्रावधाननअुसार कोहलपुरमा भएको घटनाको जाहेरी बाँके वा कोहलपुर प्रहरीले दर्ता गर्नुपर्ने आफूले बुझेको उनी बताउँछिन् ।

छोराको वियोगान्तमा तड्पीरहेकै बेला कोहलपुर प्रहरीले अनुसन्धान र खोजवीन बीनै तयार गरेको मुद्धा सल्यान अदालतमा पठाएको कल्पना बताउँछिन । २०७५ फागुन १२ गते आफूलाई जबरजस्ती कोहलपुर प्रहरीले सल्यानको लुहाममा ईलाका प्रहरी पु¥याएको कल्पनाले बताइन् ।

त्यहाँ छोरो पीङ खेल्दा मुलपानीमा मारिएको बयानमा आफूलाई सहमत गरार्य कागजमा सहितछाप गर्न बाध्य बनाएको उनको आरोप छ । उनकाअनुसार त्यतिबेलासम्म छोराको अत्तोपत्तो थिएन । मारिएको भए न लास छ जिउँदो भए न शास छ म विच्छप्तिएकी थिए उनले भनिन् ‘मलाई बेहोशी अवस्थामै कागज गराइएको हो ।’

ईलाका प्रहरी कोहलपुर र लुहाममाका प्रहरी प्रमुखको मिलेमतोमा गोविन्द पुनको झुटो बयानका आधारमा आफूलाई जिउँदै छोरो मारिएको मुचुल्कामा सहि गर्न बाध्य बनाएको कल्पना बताउँछिन् ।

गोविन्द पुनसँग मोटो रकम लिएर कोहलपुरका डिएसपी सिंहले पीडितको निवेदन नै दर्ता नगर्नु, अनुसन्धान र खोजवीन बिनै जिउँदै मान्छेलाई मरेको मुचुल्का बनाउनु र अदालतमा पेश गर्नुलाई ठूलै अपराध भएको कल्पना बताउँछिन् ।

प्रहरीले जबरजस्ती मरेको मुचुल्का बनाएपनि ११ महिनादेखि वेपत्ता भएका राजु थापा गएको केही दिनअघि घर फर्किएका छन् । उनी जिउँदै छन् । तर, प्रहरीले गोविन्द पुनसँगको मिलेमतोमा उनी मरिसकेको मुचुल्का बनाई अदालतमा पेश गरेको छ आमा कल्पनाले भनिन् ‘अदालतले पनि पुनलाई २४ दिनपछि धरौटीमा रिहा गरिसकेको छ ।’

मरेको भनिएको छोरो घरमा जिउँदै आएपछि आईतबार उनका आँखामा हर्षका आँशु बगिरहेका थिए । उनले ११ महिनासम्म पुनको टीमले एकदमै तनाव र पीडा दिएको र छोरो खोज्ने क्रममा आफनो लाखौं रूपैयाँ खर्च भएको समय बर्बाद भएको भन्दै तत्काल आफूले न्यायका लागि क्षतिपुर्ति पाउनुपर्ने दाबी गरेकी छन् ।

कोहलपुर प्रहरीसँग उक्त मुचुल्का माग्दा सो मुचुल्का कोहलपुरमा नभएको सल्यान लुहाममा ईलाका वा जिल्ला अदालतमा हुनसक्ने बताइएको छ ।

यता पीडितको निवेदन दर्ता नगरी पुनसँगको सेटिङमा लागेको आरोप खेपिरहेका तत्कालिन कोहलपुरका डिएसपी रमशेबहादुर सिंहले उक्त घटनाका बारे बोल्न चाहेनन् । सेतोखरीले राखेको जिज्ञासामा आनाकानी गर्दै तत्कालिन कोहलपुरका डिएसपी सिंहले उक्त घटना आफूलाई थाहा नभएको बताएका छन् ।

यसअघि पनि डिएसपी सिंहका विरूद्ध राष्ट्रिय मानवअधिकार आयोग लगायतका निकायले कारबाहीको माग गर्दै सरकार र गृह मन्त्रालयको ध्याानकर्षण गराएका थिए । कोहलपुरमा एकदमै विवादीत बनेपछि गृह मन्त्रालयले उनको सरूवा गरिदिएको थियो ।