पौडी खेल्दै गर्दा एक युवक बेपत्ता


पौडी खेल्दै गर्दा एक युवक बेपत्ता

पोखरीमा बेपत्ता भएका गोडियाको खोजी गरिदैं ।

नेपालगन्जः ईट्टा बनाउन खनिएको पोखरीमा एकजना युवा डुबेर बेपत्ता भएकाछन् ।

बाँकेको जानकी गाउँपालिका–३ मा रहेको इट्टा भट्टाको पोखरी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझी निवासी २२ वर्षीय विष्णु गोडिया पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

गोडिया आफ्ना दुई साथीहरूसंग आज सोमबार दिउँसो पौडी खेल्न गएका बेला ३ बजेतिर बेपत्ता भएका हुन् ।

यतिबेला पोखरीमा बेपत्ता भएका गोडियाको खोजी कार्य चलिरहेको ईलाका प्रहरी कार्यलय खजुराखुर्दका इन्चार्ज रुद्र केसीले बताए ।