कोरियनपुरका संक्रमितलाई गोली हान्न माग


कोरियनपुरका संक्रमितलाई गोली हान्न माग

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरका एक संक्रमित आइसोलेसनबाट भागेकाछन् । बाँकेको जानकी गाउँपालिका वडा नम्बर–१, साइगाउँ स्थित आइसोलेसनबाट ती पुरुष भागेका हुन् ।

जानकी गाउँपालिका वडन नम्बर–१, साईगाउँ स्थित श्री माध्यमिक बिद्यालय जोगागाउँको आइसोलेसनमा रहेका नेपालगन्ज १२, कोरियनपुर निवासी ३५ वर्षीय ती संक्रमित सुरक्षाकर्मीको आँखा छलेर भागेका छन् ।

रातको समयमा सुरक्षाकर्मीको आँखा छलेर भागेका उनको खोजीका लागि मङ्गलबार बिहान चार बजेदेखि नै ठूलो मात्रामा प्रहरी परिचालन गरि खोजी कार्य गरिएको छ । यद्यपी उनी अहिलेसम्म फेला परेका छैनन् ।

जानकी गाउँपालिका वडा नम्बर–१ का अध्यक्ष मोहमद राजा राईका अनुसार उनी भारततिर भागेको अनुमान गरिएको छ । फरार व्यक्तिसंग सम्पर्क रहेकाहरु थप १० जनाको हिजो(सोमबार) मात्रै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । भारतबाट आएका ऊनी १ महिना अघि नेपाल आएर कोरियनपुर बसेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि जेठ २२ गते नेपालगन्ज वडा नम्बर १२ र १५ का दुई जना र जानकी गाउँपालिकाका ४० जना गरि ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालगन्ज ती पुरुष १० दिनदेखि क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बसेका उनको स्वाब परीक्षण गर्दा ४ दिन अघि उनी कोरोना संक्रमित पुष्टि भएका थिए ।

यसरी क्वारेन्टिनबाटै कोरोना संक्रमित भागेको बाँके जिल्लामा पहिलो घटना हो । क्वारेन्टिनबाट भागेसगैं उनको घर क्षेत्रमा यतिबेला तनाव सिर्जना भएकोछ । संक्रमित भागेसगैं संक्रमितले ठूलो गल्ती गरेको र त्यस्तालाई कडा कारबाही गरिनुपर्ने यतिबेला सामाजिक सञ्जालमा आवाज उठिरहेकोछ । अझ कतिपयले ती संक्रमितको फोटो र वास्तविक नाम सामाजिक सञ्जालमै शेयर गरेर उनको पहिचान गरिनुपर्ने माग समेत राखेकाछन् ।

यसअघि पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने निर्देशन दिइएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको थियो ।
जेठ १ गते बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएपछि पर्सा जिल्लामा यस्तो निर्णय भएको थियो ।

नेपालमै पहिलोपटक कोरोना संक्रमित ब्यक्तिलाई नियन्त्रणमा राख्न स्थानीय प्रशासनले यस्तो व्यस्था गरेको हो । जुन यतिबेला पश्चिम नेपालको नेपालगन्जमा पनि आम सर्वसाधरणले यस्तो माग गरिरहेकाछन् ।

आइसोलेसनमा उपचाररत कोरोना संक्रमित भाग्दा स्वास्थ्य सुरक्षा जोखिममा पर्ने भन्दै संक्रमितलाई पक्रिन गोली हान्नुपर्ने आम सर्वसाधरणको माग उठेकोछ ।

यो पनि पढ्नुहोस्

कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउने