सांकेतिक तस्विर
दाङ : पश्चिम दाङको बबई गाउँपालिका–३ धनुमासमा त्रिशुल प्रहारबाट एक व्यक्तिको हत्या गरिएको छ ।
धनुमासका २८ वर्षीय बालीराम ओलीले सोही ठाउँका ४७ वर्षीय नारायण डाँगीलाई फलामको त्रिशुलले हानेर हत्या गरेका हुन् । घटना आज बिहान सवा ७ बजे भएको थियो ।
ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहनविक्रम केसीका अनुसार त्रिशुल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर लग्दै गर्दा बाटोमा मृत्यु भएको हो ।
हत्याको आरोप लागेका वली पनि घाइते भएको र उनको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । वलीको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?