पर्वतमा पहिरोः मर्नेको संख्या पाँच पुग्यो, चारजना बेपत्ता

दर्जनौं घर जोखिममा, उद्धार कार्य जारी


पर्वतमा पहिरोः मर्नेको संख्या पाँच पुग्यो, चारजना बेपत्ता

उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी । तस्विर: सामाजिक सञ्जाल

नेपालगन्ज: पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा गएराती परेको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा पाँचजनाको मृत्यु भएको छ ।

आईतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । अहिले बिहान दुईवटा शव फेला परेको प्रहरीले जनाएको छ । यसअघि शनिबार राती तीनजनाको शव फेला परेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका थिए । शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको मृत्यु भएकोछ ।

प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थिए । अहिले बिहानैबाट पनि थप सुरक्षाकर्मी उद्धार र बेपत्ताको खोजीमा जुटेका छन् । घटनामा अझै चार जना बेपत्ता छन् । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ ।