गुर्भाकोटको क्वारेन्टिनमा रहेका ५० वर्षिय पुरुषको निधन


गुर्भाकोटको क्वारेन्टिनमा रहेका ५० वर्षिय पुरुषको निधन

नेपालगन्ज : कर्णाली प्रदेशको राजधानी सुर्खेतको एक क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु भएकोछ । सुर्खेतको गुर्भाकोट नगरपालिका–७, स्थित क्वारेन्टिनमा बसेका ५० वर्षिय पुरुषको मृत्यु भएको हो ।

भारतको गढवालबाट १३ दिन अघि स्वदेश फर्किएका गुर्भाकोट नगरपालिका – ८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको मेयर हस्त पुनले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृत्यु भएको मेयर पुनले बताउँछन् ।

पहिलेदेखि क्षयरोगका बिरामी रहेका ती मृतक पुरुषको स्वाब पीसीआर परीक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ । यतिबेला सुरक्षाकर्मीको निगरानीमा उनको शव राखिएको छ ।