नेपालगन्ज : कर्णाली प्रदेशको राजधानी सुर्खेतको एक क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु भएकोछ । सुर्खेतको गुर्भाकोट नगरपालिका–७, स्थित क्वारेन्टिनमा बसेका ५० वर्षिय पुरुषको मृत्यु भएको हो ।
भारतको गढवालबाट १३ दिन अघि स्वदेश फर्किएका गुर्भाकोट नगरपालिका – ८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको मेयर हस्त पुनले जानकारी दिए ।
सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृत्यु भएको मेयर पुनले बताउँछन् ।
पहिलेदेखि क्षयरोगका बिरामी रहेका ती मृतक पुरुषको स्वाब पीसीआर परीक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ । यतिबेला सुरक्षाकर्मीको निगरानीमा उनको शव राखिएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?