नेपालगन्ज: बाँकेको अगैयास्थित सिक्टा सिचाई आयोजनाको ब्यारेजबाट राप्ती नदिमा ट्याक्टर खस्दा बेपत्ता भएका दुई जना मध्ये एक जनाको शव भेटिएको छ ।
वेपत्ता भएका मध्ये राप्तीसोनारी गाउँपालिका–३, भगौतीपुरका २६ बर्षिय पूर्णबहादुर थारुको शव फेला परेको हो । राप्तिसोनारी गाँउपालिका–२ अगैयास्थित सिक्टा सिचाई आयोजनाको ब्यारेजबाट ट्याक्टर राप्ती नदिमा खसेको थियो । ना ७ त ५१८ नम्बरको ट्याक्टरले ब्यारेजको रेलिङ भत्काएर नदीमा खसेको हो ।
दुर्घटना हुदाँ ट्याक्टरमा सवार ३ जनामाध्ये दुई जना नदिमा डुबेर बेपत्ता भएका थिए । एक जनाको भने सकुशल उद्धार गरिएको थियो । दुर्घटनामा परेका राप्ती सोनारी १ जरुवाका १९ वर्षिय ऋषि विकको सकुशल उद्दार गरिएको हो ।
सोमबार दिउँसो सवा १ बजेतिर उक्त ट्याक्टर ब्यारेजबाट राप्ती नदीमा खसेको अस्थायी प्रहरी चौकी अगैयाका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।
नदीमा पानीको सतह बढेकाले बाँकेको सम्शेरगन्जबाट सशस्त्र प्रहरी बलको गोताखोर टोलीलाई बोलाएर बेपत्ता ब्यक्तिको खोजी गरिएको थियो ।
दुर्घटनास्थलमा पुगेको शसस्त्र प्रहरीको गोताखोर टोलीले नदिबाट थारुको शव निकालेको हो ।
दुर्घटनामा वेपत्ता भएका राप्ती सोनारी ३ भगौतिपुरका १७ वर्षिय सुनिल थारुको यतिबेला खोजी भईरहेको प्रहरीले जनाएको छ ।