खुला सडकमा जब स्कार्पियो अनियन्त्रित भयो...


खुला सडकमा जब स्कार्पियो अनियन्त्रित भयो...

नेपालगन्ज: यतिबेला देश बन्दाबन्दीमा छ । कोरोना भाइरस संक्रमणका कारण सिर्जित असहज परिस्थितीले देश बन्दाबन्दी भएको हो । जसका कारण अन्यदिन भन्दा सडकमा सवारी चाप न्यून छ ।

सडकमा सवारी चाप न्यून भएसगैं रफ्तारमा गुड्ने सवारी साधनले दुर्घटनाको जोखिम निम्त्याइरहेकोछ । बन्दाबन्दीका अवधिमा दिनहुँ जसो सानो ठूलो दुर्घटना भइरहेकाछन् । यस्ता दुर्घटनाबाट कतिपयले आफ्नो ज्यानसमेत गुमाइरहेकाछन् ।

जेठमै नेपालगन्जदेखि सल्यान जादैँ गरेको हाइस बाँकेका अगैया नजिक दुर्घटना भयो । उक्त दुर्घटनाबाट १२ जनाको मृत्यु भयो । यो पछिल्लो समय बाँकेमा भएको ठूलो दुर्घटना हो ।

लकडाउन सुरुभएदेखि अहिलेसम्म बाँकेका विभिन्न भागमा साना ठूला दुर्घटनाहरु पनि हुने गरे । हिजो मात्रै बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित सिक्टा सिचाइँ आयोजनाको ब्यारेजमा ट्याक्टर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भयो भने एकजनाको सकुशल उद्दार गरिएकोछ । एकजनाको हिजो सोमबार अबेर साँझ मात्र शव फेला परेको थियो भने ट्याक्टर चालकको आज मध्यान्ह मात्रै शव भेटिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यही बन्दाबन्दी र खुला सडकमा आज एउटा ठूलो दुर्घटना भएकोछ । नेपालगन्ज–कोहलपुर सडकखण्डको मनिकापुर जाने बाटो नजिक एउटा स्कारपियो गाडी खुला सडकमा दुर्घटना भएकोछ ।

खुला सडकमा मस्तले तीव्र रफ्तारमा नेपालगन्जतिर आइरहेको से १ च १९५२ नम्बरको सेतो रङ्गको स्कारपियो सडकमा दुर्घटना भएकोछ ।
दुर्घटना हुदाँ उक्त स्कारपियो गाडीमा चालक मात्र रहेको बाँके जिल्ला ट्राफिक प्रहरी प्रमुख पविन्द्र बमले सेतोखरीलाई जानकारी दिए । उनले भने–‘तिब्र गतिमा नेपालगन्जतिर आइरहेको उक्त स्कारपियो मनिकापुर जानेबाटो नजिक दुर्घटना भएको हो । संयोगले स्कारपियो चालकलाई सामान्य चोटलाग्नुबाहेक मानवीय क्षती भएन ।’

ट्राफिक प्रहरी प्रमुख बमले भने–‘पछिल्ला दिन बाँकेमा यस्ता सडक दुर्घटनाहरु हुने गरेकाछन् । जसको मुख्य कारण तिब्र गती, चालकको लापरबाही, ट्राफिक नियमको पालना नगर्नु, मादक पदार्थ सेवन गर्नु र मनपरि सडकमा हिड्नु हो ।’ उनले भने–‘गाडी मर्मतका लागि शोरुम पठाइएकोछ । दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।’