File Photo
नेपालगन्ज : अविरल वर्षापछि आएको पहिरोले एक विद्यालय बगाएकोछ । घटना ताप्लेजुङको हो । वर्षाका कारण मंगलबार राती गएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन बगाएको हो ।
पहिरोले विद्यालयको ४ कोठे भवनसहित २ कोठे पक्की शौचालय पनि बगाएको छ । त्यस्तै गरि, पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।
स्थानीयका अनुसार स्थानीय रेन्जिङ तामाङको घर छेऊबाट पहिरो झरेको थियो । पहिरो गएको क्षेत्रमा तापेथोक प्रहरी चौकीबाट प्रहरीको टोली गएको तथा पहिरोले पारेको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको जनाइएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?