वर्षापछि पहिरो जाँदा ताप्लेजुङ्गमा एक स्कुल बग्यो


वर्षापछि पहिरो जाँदा ताप्लेजुङ्गमा एक स्कुल बग्यो

File Photo

नेपालगन्ज : अविरल वर्षापछि आएको पहिरोले एक विद्यालय बगाएकोछ । घटना ताप्लेजुङको हो । वर्षाका कारण मंगलबार राती गएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन बगाएको हो ।

पहिरोले विद्यालयको ४ कोठे भवनसहित २ कोठे पक्की शौचालय पनि बगाएको छ । त्यस्तै गरि, पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

स्थानीयका अनुसार स्थानीय रेन्जिङ तामाङको घर छेऊबाट पहिरो झरेको थियो । पहिरो गएको क्षेत्रमा तापेथोक प्रहरी चौकीबाट प्रहरीको टोली गएको तथा पहिरोले पारेको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको जनाइएको छ ।