कोहलपुर मेडिकल कलेजमा कोरोनाबाट थप एकको मृत्यु, सन्त्रास बढ्दै


कोहलपुर मेडिकल कलेजमा कोरोनाबाट थप एकको मृत्यु, सन्त्रास बढ्दै

नेपालगन्ज : बाँकेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । मंगलबार राती मृत्यु भएकी ४३ वर्षिया महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको मंगलबार दिउँसो स्वाब लिइएको थियो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सह–निर्देशक नितेश कनोडियाका अनुसार मृत्यु भएकी महिला कैलालीकी हुन् ।

टाउकोमा चोट लागेपछि उनी गएको जेठ ३१ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो । योसँगै दुई दिनको अवधिमा मेडिकल कलेजमा मृत्यु भएका दुई महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोहलपुर मेडिकल कलेजमा ज्यान गुमाएकी महिलामा कोरोना संक्रमण देखिएको छ । बुधबार साँझसम्म उनको शव मेडिकल कलेजमै राखिएको छ । शब व्यवस्थापनका लागि सरोकारवाला छलफल भईरहेको अस्पतालले बताएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सोमबार सोही अस्पतालमा उपचार गराईरहेकी बाँके बैजनाथ गाँउपालिकाकी एक महिलाको ज्यान गएको थियो । उक्त घटनाको एक दिनपछि मंगलबार बेलुका थप एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

विरामीको उपचार गर्दा प्रयोग गर्ने स्वास्थ्य सामग्री पनि अस्पतालले नदिरहेको स्वास्थ्यकर्मी बताउँदै आएका छन् । नेपालगन्ज मेडिकल कलेजमा अस्पताल सरसफाई गर्ने कर्मचारीलाई मास्क समेत दिएपछि उनीहरु मङ्गलबार आन्दोलनमा उत्रिएका थिए ।

कोरोनाबाट मृत्यु भएकी ती महिलाको उपचारमा संलग्न चिकित्सकले कोरोनाबाट मृत्यु भएकी ती महिलालाई प्रयोग गरिएका मेडिकल सामग्रीहरु अन्य विरामीलाई प्रयोग गरिदिएर अस्पताल व्यवस्थापनले गम्भीर लापरबाही गरेको बताए । यस बिषयमा अस्पताल प्रशासनसँग बुझ्न खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् । अस्पतालका सहायक निर्देशक नितेश कनोडियाको मोबाईल सम्पर्क हुन सकेन् ।

यो पनि पढ्नुहोस्

कोरोनाबाट महिलाको मृत्युले कोहलपुर मेडिकल कलेजमा सन्त्रास