नेपालगन्ज : पाल्पाको तानसेनमा पहिरो जाँदा दुई जनाको मृत्यु भएकोछ । पाल्पाको तानसेन नगरपालिका–११ स्थित सम्मोबारी भन्ने ठाँउमा पहिरो गएको हो ।
तानसेन रिडी सडक खण्ड अन्तर्गत उक्त स्थानमा पहिरोले एउटा ट्याङ्कर र एउटा मिनीट्रक बगाउँदा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकोछ ।
पहिरोले दुई वटा गाडीलाई सडकबाट तल झारेको छ । तर, पुरिसकेको अवस्था भने छैन । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन । यद्यपी यतिबेला स्थानीय र प्रहरीको उद्दार कार्य चलिरहेकोछ ।