गाभरमा कार दुर्घटना : चालक सहित दुईको मृत्यु


गाभरमा कार दुर्घटना :  चालक सहित दुईको मृत्यु

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ गाभरमा कार दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएकोछ ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत राप्तीसोनारी गाँउपालिकाको गाभरभन्दा २ किलोमिटर पश्चिममा आज दिउँसो पौने दुईबजे उक्त कार दुर्घटना हुदाँ कार चालकसहित दुईजनाको मृत्यु भएको हो ।

बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिम आईरहेको बा १४ झ २७८९ नम्बरको कार अन्यन्त्रित भइ दाहिने तर्फको सडक छेउको रुखमा गई ठोक्किदाँ कार चालक चितवन भरतपुर महानगरपालिका–१२ बस्ने ४१ वर्षिय कमलराज लम्सालको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पबिन्द्र बमले सेतोखरीलाई जानकारी दिए ।

उनका अनुसार कारमा सवार अर्का पूर्वी नवलपरासी कावासोती–८ का २२ वर्षिय क्षितिज राज कुँवर गम्भीर घाईते हुदाँ उनको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा साढे ४ बजे मृत्यु भएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

ट्राफिक प्रमुख पबिन्द्रले भने–‘प्रारम्भिक अनुसन्धानमा कार तिव्र गतिमा रहेको र अन्यन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्कीन जाँदा दुर्घटना भएको छ ।’ उनले थपे–‘कारमा दुईजनामात्र सवार रहेको पाइएकोछ । अन्य अनुसन्धान जारी छ ।’