नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा २१ निवासी एक पुरूषले आफ्नै भान्जीमाथि बलात्कार गरेका छन् ।
नौ वर्षीय ती बालिकालाई ललाई फकाई बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । आईतबार दिउँसो बलात्कृत ती बालिकालाई उपचारका लागि भेरी अस्पतालमा राखिएको वडा प्रहरी नेपालगन्जले बताएको छ ।
वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतकाअनुसार बलात्कारमा संलग्न मामालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिइसकेको छ । उनीमाथि प्रारमभीक सोधपुछ भएको छ ।
बलात्कार भएको थाहा पाए लगत्तै स्थानीयले वडा प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै घटनास्थल पुरैना पुगेको वडा प्रहरीको टोलीले भान्जी बलात्कार गर्ने मामालाई पक्राउ गरेको छ ।