दुई लाखको सुर्तिजन्य पदार्थ बरामद


दुई लाखको सुर्तिजन्य पदार्थ बरामद

नेपालगन्ज : भारतबाट अबैधरुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ ।

बिओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ बाट करिब २ लाख बराबरको पान र सुपर पावर सुर्ती बरामद गरेको हो ।

लुकीछिपी भारतबाट भित्र्याइएको ४ हजार पात पान र ६ सय ५० पोका सुर्ती शनिवार राती ११ बजे बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

करिब २० हजारको पान र १ लाख ६२ हजार ५ सयको सुपर पावर सुर्ती गरी १ लाख ८२ हजार ५ सय बजार मूल्य पर्ने उक्त सामान बरामद गरिएपनि रातीको मौका छोपेर तस्करहरु फरार भएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

बरामद गरिएको पान नष्ट गरिएको छ । सुर्तीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।