प्रशान्ती धार्मिक वनमा ठेकेदारको रजाई : निमक निकाय बेखबर


प्रशान्ती धार्मिक वनमा ठेकेदारको रजाई : निमक निकाय बेखबर

नेपालगन्ज : सुर्खेतको वीरेन्द्रनगर ११ मा रहेको प्रशान्ती धार्मिक वनमा ठेकेदारहरुले चारबर्षदेखि मनपरी रुपमा ढुंगा, गिट्टी, र बालुवा राखेर रजाई गरेका छन् ।

उनीहरुले वननै नष्ट हुने गरेर धमाधम ढुंगा, गिट्टी, र बालुवा राख्दा समेत नियमक निकाय मुखदर्शक बनेर बसेको छ । डिभिजन वन कार्यालय सुर्खेत र प्रशान्ती धार्मिक वनसंग कुनैपनि सहमती नगरी ठेकेदारहरुले आफुखुशी वनमा रजाई गरेका छन ।

भेरीपुलको दक्षिणतर्फ वनलाई नोक्सान गरेर ठुल्लो मैदान बनाएर ठेकेदारहरुले गिट्टी,र बालुवा जम्मा गर्ने गरेका छन् । वर्षौ देखि वनमा ठेकदाहरुले नदिजन्य पदार्थ धार्मिक वनमा थुपार्दा समेत उनिहरुलाई कसैले रोकतोक गरेको छैन । धार्मिक वन सम्बन्धी व्यवस्था वन ऐन २०४९ मा कुनै धार्मिक स्थल वा त्यसको वरिपरी कुनै कार्यगर्न नपाईने नियम छ ।

वनको उपयोग गर्नुपरे धार्मिक निकाय, समुदायले वनको क्षेत्रफल, चार किल्लाका विवरणहरु खुलाई डिभिजनल वन अधिकृत समक्ष निवेदन दिनु पर्ने व्यवास्था रहेको छ । तर, उनीहरुले कानुन नियमको खिल्ली उडाउँदै वर्षादेखि यसरी ढुंगा, गिट्टी, र बालुवा राख्दै आएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

आर्थिक वर्ष २०७१/७२ मा धार्मिक प्रयोजनको लागी दर्ताभएको १९ दशमलव ४५ हेक्टर क्षेत्रफल वन प्रशान्ती धार्मीक वनका नामबाट प्रशान्ती वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ अध्यक्ष रहने गरी डिभिजन वन कार्यालयमा दर्ता भएको छ ।

प्रशान्ती वृद्धाश्रम सचिव चेत अधिकारीले वनक्षेत्रमा के भईरहेको छ भन्ने समेत आफुलाई कुनै जानकारी नभएको बताए । संस्थाका सदस्य भद्र भण्डारीले २०७३ सालमा आश्रमको पहमा एक हजार भन्दा बढि विभिन्न जातका विरुवाहरु वृक्षारोपन गरिएपनि अहिले त्यसक्षेत्रमा कुनैपनि रुखविरुवा नभएको जिकिर गरे ।

उनले यस विषयमा डिभिजन वन कार्यालयलाई पत्राचार गर्दा समेत कार्यालयले व्यवस्था गरेको उल्लेख गरे । अहिले धार्मिक वन क्षेत्रमा नयाँ रोपेका विरुवा पुर्णरुपमा नस्ट भएका छन भने अन्य रुख विरुवाहरु समेत सुकेका छन् । अहिले धार्मिक वनमा टिपर डोजर, ट्याक्टर आवत आजवतले जंगलमा रहेका बोटबिरुवा संगै जंगली जनवार र त्यहाँ रहेको बौद्ध गुम्वालाई समेत असर गरेको स्थानियको भनाई छ ।

धार्मीक वनमा वातावरणमा उल्लेखनीय प्रतिकूल असरपर्ने गरी वा सार्वजनिक रुपमा हानी नोक्सानी हुने गरी रुख कटान गर्न नपाइने कानूनी व्यवस्था छ ।  धार्मिक वनको अनुगमन डिभिजन वन अधिकृतले गर्ने कानूनी व्यवस्था भएपनि अनुगमन भने भएको छैन ।

यता डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालले त्यसक्षेत्रमा के भईरहेको छ भन्ने आफुलाई कुनै जानकारी नभएको बताए ।
उनले आजनै त्यसक्षेत्रको प्रत्यक्ष अवलोकन गरेर वास्तविकता पत्ता लगाउने जानकारी गराए । अहिले त्यस क्षेत्रमा ढुंगा, गिट्टी, र बालुवा झन्डै दुई हजार टिपर भन्दा धेरै रहेको स्थानीयले बताएका छन् ।

ठेकेदारहरुले अन्य समयमा नजिकै रहेको झुप्रा खोला र भेरीबाट नदिजन्य पदार्थ निकाल्ने र वर्षादको समयमा महंगो मूल्यमा विक्रिवितरण गर्ने गरेका छन् ।

गत वर्ष वीरेन्द्रनगर नगरपालिकाले ८४ हजार घनमिटर ढुंगा, गिट्टी, र बालुवा उठाउनको लागी एक कोरोड ७६ लाखमा टेण्डर गरेको थियो ।
नगरपालीकाको फितलो अनुगमन आर्थिक चलखेलकारण बर्षेनी टेन्डर भएको भन्दा कम मूल्यमा दिने छ ।

ठेकेदारहरुले डोजर लगाएर नदिजन्य पदार्थहरुको उत्खन गरेर झुप्रामा बसोबास गर्ने दलित समुदायको वस्तीनै जोखिम परेको छ ।
अहिले सुर्खेतका विभिन्न ठाँउमा जम्मा गरेर राखेको ढुंगा, गिट्टी, र बालुवा नगरपालिकाले टेन्डर गरेको भन्दा धेरै रहेको छ ।