नेपालगन्ज : दाङको तुलसीपुर कारागारमा रहेका कैदी अमिरुल्ला मुसलमानको मृत्यु भएको छ ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–४ का ६५ वर्षीय मुसलमानको आज (सोमबार) बिहान मृत्यु भएको हो । उनी ठगी मुद्दामा २०७५ असोज १५ गते कारागार चलान भएका थिए ।
दीर्घरोगी मुलसमानलाई बिहान एक्कासी गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल लगिएकोमा बिहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।