नेपालगन्ज : बाँके डुडुवाकी एक महिलाको सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । साविक कम्दी गाविस वडा नम्बर ७ मलेहपुर्वाकी शान्ति बुढालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जिल्ला अदालत बाँकेले जन्मकैदको फैसला गरेको हो ।
उनको २०७३ असोज १९ गते साँझ बलात्कारपछि हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको थियो । स्थानीय मेडिकलमा औषधि लिन गएकी बुढालाई फर्किने क्रममा युवाहरुको समूहले अरहर बारीमा सामूहिक बलात्कार गरेर हत्या गरेका थिए ।
१८ गते घरबाट औषधी लिन निस्कीएकी उनको भोलीपल्ट बिहान नग्न अवस्थामा हत्या गरेर फालिएको अवस्थामा शव बाटोमा पर्नेे अरहर बारीमा भेटिएको थियो । घटनाको केही दिनमा नै जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले गाउँमै लुकिछिपी बसेको अवस्थामा युवाहरुलाई पक्राउ गरेको थियो ।
सामूहिक बलात्कारको घटनामा संग्लन रहेको भन्दै गत ३२ जेठमा जिल्ला न्यायाधीश मनकुमारी जीएम विकको इजलासले साविक कम्दी गाविस–६ मलेहपुरुवाका ३५ वर्षका पुत्ती भन्ने नसिफ खाँ, वर्ष ३० का सगिर खाँ, छोटु भन्ने रियाज अली अन्सारी, ४२ वर्षका ईदु खाँ र कम्दी ४ लालापुरका ३० वर्षका झलारीप्रसाद वर्मालाई जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिए ।
बुढाको सामूहिक बलात्कारपछि हत्या दशैंको केही दिनअघि मात्र भएको थियो । हत्या गरिएकी बुढाका आफन्तहरुले ढिलै भएपछि आफुहरुले न्याय पाएको बताएका छन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?