नेपालगन्ज : पहिरोका कारण अबरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक आज दिनभर बन्द रहने भएकोछ । अविरल वर्षाका कारण पहिरो खसेपछि यतिबेला नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द छ ।
ईच्छाकामना गाउँपालिका वडा नम्बर–६ स्थित चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खसेको थियो । पहिरोका कारण उक्त सडक अबरुद्ध बनेकोछ भने यतिबेला पहिरो हटाउने प्रयास भइरहेकोछ ।
ठूलो पहिरोले पूर्ण रुपमा सडक अवरुद्ध हुनु र विहानैदेखि निरन्तर पानी परिरहेकोछ । विहानैदेखि परिरहेको पानीका कारण निरन्तर पहिरो खसिरहेकोले पहिरो हटाउन कार्य शुरु हुन नसकेको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीका अनुसार सडक सुचारु हुन दिनभरी नै लाग्ने सम्भावना भएकाले यस सडक खण्ड भएर यात्रा नगर्न आम सडक प्रयोगकर्तालाई अनुरोध छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?