नारायणगढ–मुग्लिन सडक आज दिनभर बन्द


नारायणगढ–मुग्लिन सडक आज दिनभर बन्द

नेपालगन्ज : पहिरोका कारण अबरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक आज दिनभर बन्द रहने भएकोछ । अविरल वर्षाका कारण पहिरो खसेपछि यतिबेला नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द छ ।

ईच्छाकामना गाउँपालिका वडा नम्बर–६ स्थित चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खसेको थियो । पहिरोका कारण उक्त सडक अबरुद्ध बनेकोछ भने यतिबेला पहिरो हटाउने प्रयास भइरहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

ठूलो पहिरोले पूर्ण रुपमा सडक अवरुद्ध हुनु र विहानैदेखि निरन्तर पानी परिरहेकोछ । विहानैदेखि परिरहेको पानीका कारण निरन्तर पहिरो खसिरहेकोले पहिरो हटाउन कार्य शुरु हुन नसकेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार सडक सुचारु हुन दिनभरी नै लाग्ने सम्भावना भएकाले यस सडक खण्ड भएर यात्रा नगर्न आम सडक प्रयोगकर्तालाई अनुरोध छ ।