काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ ।
गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।
कार्कीका अनुुसार‘आठ जना गएकामध्ये मृतक गुरुङ शौच गर्न भनेर खोला छेउ जङ्गलमा गएका थिए’ त्यही बीचमा आएको पहिरामा परी आइतबार साँझ गुरुङको मृत्यु भएको हो । पहिरामा पुरिएका गुरुङको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । -रासस