नेपालगन्ज : बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमा बसेका एक युवकले आईतबार राती आत्महत्या गरेका छन् ।
अछाम बन्निगढी गाउँपालिका घर भइ ठाकुरबाबा–४ सैनवारमा आफन्त कहाँ आएका रामबहादुर साउँदले नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका हुन् । क्वारेन्टिन पछाडिको रूखमा आफूले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले बताएको छ ।
युवक करिव दश दिन अघि भारतको राजस्थानबाट हिँडेका युवक महेन्द्रनगरहुँदै ठाकुरबाबामा आफन्त कहाँ आएका थिए । आफन्तले क्वारेन्टिनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिन अघि क्वारेन्टिनमा लगेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्शन कृष्णगोपाल चौधरीले उनको आईतबार दिउँसो पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि भेरी अस्पताल नेपालगन्जमा स्वाब परीक्षणका लागि पठाएकाले साँझसम्म रिपोर्ट आउने बताए । रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका हुन् । उनी डिप्रेशनको बिरामी रहेको बताइएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?