दरबारमार्ग क्षेत्रबाट १५ किलो सुन र हतियार बरामद


दरबारमार्ग क्षेत्रबाट १५ किलो सुन र हतियार बरामद

नेपालगन्ज : प्रहरीले राजधानीको कमलादी र दरबारमार्ग क्षेत्रबाट १५ किलो अवैध सुन र पेस्तोल बरामद गरेको छ ।

प्रहरीले सोमबार विशेष सूचनाको आधारमा सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले झोलामा २ थान पेस्तोल समेत फेला पारेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

कारोबारीले प्रहरी देखेपछि फालेको झोला सर्च गर्दा १५ किलो सुन र दुईथान हतियार फेला परेको थियो । सुन बरामदबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी गराइदैछ ।

यद्यपी प्रहरीले सुन बोक्ने गाडीको नम्बर पहिचान गरेको तर, मानिस पक्राउ पर्न नसकेको बताएको छ । पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ । आजको मूल्यअनुसार बरामद सुनको मूल्य १२ करोड ६३ लाख बराबरको रहेको छ ।