नेपालगन्ज : प्रहरीले राजधानीको कमलादी र दरबारमार्ग क्षेत्रबाट १५ किलो अवैध सुन र पेस्तोल बरामद गरेको छ ।
प्रहरीले सोमबार विशेष सूचनाको आधारमा सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले झोलामा २ थान पेस्तोल समेत फेला पारेको हो ।
कारोबारीले प्रहरी देखेपछि फालेको झोला सर्च गर्दा १५ किलो सुन र दुईथान हतियार फेला परेको थियो । सुन बरामदबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी गराइदैछ ।
यद्यपी प्रहरीले सुन बोक्ने गाडीको नम्बर पहिचान गरेको तर, मानिस पक्राउ पर्न नसकेको बताएको छ । पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ । आजको मूल्यअनुसार बरामद सुनको मूल्य १२ करोड ६३ लाख बराबरको रहेको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?