पहिरोमा पुरिँदा ९ को मृत्यु दुई बेपत्ता


पहिरोमा पुरिँदा ९ को मृत्यु दुई बेपत्ता

सुर्खेत : पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको बताए ।
कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ६ जना बेपत्ता भएका थिए । बुधबार बिहान सवा ४ बजे गएको पहिरोमा नरहरिनाथ ७ मा रहेको गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुश्मा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला बताउँछन् ।

पुरिएको घरका ११ जनाको परिवारमध्ये ४ जना सकुशल रहेको उनले बताए । पहिरोमा २ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मंगलबार राति नरहरिनाथ गाउँपालिका–५ मा गएको पहिरामा दले बुढाको घर पुरिएको थियो । सोमबार राति गएको पहिरोमा परी कालिकोटकै रास्कोट नगरपालिका १ बडुवाल तोलामा ४ जनाको मृत्यु भएको छ । बडुवाल तोलामा रहेको जयबहादुर शाहीको घर पुरिँदा उनीसहित ३ जनाको मृत्यु भएको हो ।

सोमबार राति नै वडा नम्बर १ कै चोक्टेबगरमा टेके टमट्टाको घर पहिरोले पुर्दा सन्नीत्रिवेणी गाउँपालिका७ की केश्पुरा शाहीको मृत्यु भएको थियो ।
घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा परिचालन गरिएको छ ।