निर्मला हत्या प्रकरण : तत्कालिन एसपी विष्टसहित प्रहरीलाई सफाइ


निर्मला हत्या प्रकरण : तत्कालिन एसपी विष्टसहित प्रहरीलाई सफाइ

File Photo

नेपालगन्ज : निर्मला बलात्कारपछि हत्याको घटना अनुसन्धानमा संलग्न प्रहरीले सफाइ पाएकाछन् ।

तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको जानकारी दिए ।

उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्धा परेको थियो ।