बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा चार घाईते


बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा चार घाईते

नेपालगन्ज : बर्दिया जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ४ घाईते भएकाछन् । बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नम्बर ७ स्थित मोतिपुरको जङ्गलमा मोटरसाईकल दुर्घटना हुदाँ बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ५ सन्तोष टोल बस्ने ३७ वर्षीय सत्यप्रकाश कुर्मी र उनकी श्रीमती ३२ वर्षिया गंगा चौधरी घाईते भएका हुन् ।

पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङ्गले दिएको सूचनाका अनुसार बाँसगढीबाट गुलरिया जाने क्रममा बर्दिया मोतिपुर स्थित मैनापोखर–बाँसगढीको भित्रि सडकमा बिहीबार राती करिब ७ बजे तिर घाईते प्रकाशले चलाएको भे १० प १८१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाईकल चालक प्रकाश निधारमा चोट लागेको र उनीसगै मोटरसाइकलमा सवार उनकी श्रीमती गंगालाई समेत सामान्य चोट पटक लागेको प्रदेश पाँचका प्रहरी वरीष्ठ उपरीक्षक एवम प्रवक्ता राजकुमार बैदावारले जानकारी दिए ।

घाईते दुवैजनालाई उपचारका लागि गुलरिया स्थित जिल्ला अस्पताल पठाइएको र मोटरसाईकल ईलाका प्रहरी कार्यालय मोतिपुरले आफ्नो नियन्त्रणमा राखेको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, बिहीबार साढे ११ बजे बर्दिया राजापुर नगरपालिका ३ तिघ्रा स्थित पाताभार देखि राजापुरतर्फ जानेक्रममा भित्रि सडक खण्डमा अटोले साईकल यात्रीलाई ठक्कर दिएकोछ ।

राजापुर नगरपालिका वडा नम्बर ३ टेडिया बस्ने वर्ष २६ वर्षिय छोटेलाला चौधरीले चलाएको अटो रिक्साले विपरित दिशाबाट आउदै गरेका सोही ठाँउका साईकल यात्री २४ वर्षिय महेश चौधरीलाई ठक्कर दिएको हो ।

ठक्करबाट चौधरीको साईकलमा सवार राजापुर नगरपालिका वडा नम्बर १ दौलतपुर बस्ने २१ वर्षिय स्वदेश थारुको मुख र नाकमा चोट लाग्दा बेहोस भएका थिए । उनको तत्काल प्राथमिक स्वास्थ्य चौकीमा उपचार गरि थप उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल गुलरिया पठाइएको र अटोचालक छोटेलाल सहित अटो र साईकल प्रहरीले नियन्त्रणमा लिएकोछ ।