नेपालगन्ज : कोहलपुरमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएकोछ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेकी ती महिलाको आईतबार दिउँसो मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी ७० वर्षिय बृद्धालाई कोरोना संक्रमणबाट गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो । हालसम्म बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेकोछ ।