पत्रकार बलराम बानियाँको रहस्यमयी मृत्यु


पत्रकार बलराम बानियाँको रहस्यमयी मृत्यु

नेपालगन्ज : कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव भेटिएकोछ । सोमबारदेखि हराइरहेका पत्रकार बानियाँको शव आज भेटिएको हो ।

मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको प्रहरीले जनाएकोछ । प्रहरीले परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको हो ।

यसअघि पत्रकार बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेउबाट स्वीच अफ भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेउबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए ।

यसअघि खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । सोबखत खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।

तनहुँ घर भएका पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् । मृत भेटिएका पत्रकार बानियाँको घटना रहस्यमयी बन्दै गएकोछ । घटनाको सुक्ष्म अध्ययन थालेको प्रहरीले जनाएकोछ ।

यद्यपी बानियाँको शव मंगलबार भेटिएको तथ्य खुलेको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनको शव मंगलबार दिउँसो करिब साढे १ बजेतिर फेला परेको थियो ।

भीमफेदी गाउँपालिका–८ स्थित मान्डु हाइड्रोपावरको ड्याममा च्यापिएको अवस्थामा स्थानीयले शव देखेका थिए । उनको सव यतिखेर हेटौंडा अस्पतालमा राखिएकोछ । उनको सव यतिखेर हेटौंडा अस्पतालमा राखिएकोछ ।