नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ निवासी अन्दाजी ३२/३३ वर्षिय सलमान अन्सारी मृत भेटिएकाछन् । सोमबार बेलुका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१७ नदई गाउँमा मृत अवस्थामा भेटिएकाछन् ।
नदई गाउँ स्थित सरकारी विद्यालयको जिर्ण भवनमा उनी मृत अवस्थामा भेटिएको साईगाउँ प्रहरी चौकीका ईन्चार्ज मोहन केसीले सेतोखरीलाई जानकारी दिए ।
सेतोखरीसंग कुराकानीमा उनले भने–‘प्रारम्भिक अनुसन्धानमा मृतक सलमान लागुऔषध प्रयोगकर्ता र विक्रिकर्ता भएको खुल्न आएकोछ । घोप्टोमुखी जमिनमा लडेको अवस्थामा मृत भेटिएका सलमानको हत्या हो वा स्वभाविक मृत्यु हो त्यो अनुसन्धान र शव पोष्टमार्टम पछि खुल्छ ।’
सेतोखरीसंग कुरा गर्दै उनले भने–‘उनको शरीरमा त्यस्तो कुनै घाउचोट देखिएकोछैन । घोप्टोमुखी भेटिएको उनको शव वरिपरि छटपटाएको धुलोका आकृती देखेका छौं । लागुऔषध सेवन गरेकै अवस्थामा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेकाछौं ।’
यसबीच जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुरज खत्रीको कमाण्डमा गएको प्रहरी टोलीले घटना अनुसन्धान र मुचुल्का गरि शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज ल्याएको बाँकेका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
उनले भने–‘प्रहरी टोली घटना स्थल पुगेको छ । थप विवरण पछि प्राप्त हुन्छ ।’
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी