पुजारी हत्याको विरोध गर्दा १२ विद्यार्थी प्रक्राउ


पुजारी हत्याको विरोध गर्दा १२ विद्यार्थी प्रक्राउ

नेपालगन्जः रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानबिन सहित हत्यारालाई कडा कारबाहिको माग गर्दै प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागी संगठनका केन्द्रिय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियर दरबारमार्गमा राखेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कारबाही गर, हिन्दुत्वमाथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाईएको थियो ।

राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरीले विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह, बरिष्ठ उपाध्यक्ष निराजन बम, चेतराज सिंह, विमल ऐडी, महेश ओझा, बिजय शाही, आरके सिंह, किसान जोशी, राजकुमार थापा, राम धामी, नरेश मोर, निराजन सहित १२ विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ गरि दरबारमार्ग प्रहरी चौकीमा राखेको छ । बर्तौलाले पक्राउ परेकाको तत्काल रिहाको माग गरेका छन् ।