नेपालगन्ज : बाँकेको शम्शेरगञ्ज स्थित सशस्त्र प्रहरी चेक पोष्ट नजिकै रोकिराखेको ट्रकमा ठोक्किएर गम्भीर घाईते भएका एक शिक्षकसहित दुईजनाको मृत्यु भएको छ ।
आईतबार विहान पौने पाँच बजे बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ कुसुमबाट नेपालगन्ज आइरहेको भे८प २२३८ नम्बरको मोटरसाईकल सडकछेउ रोकीराखेको ना ४ ख २१३९ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।
तीन जना सवार उक्त मोटरसाईकल दुर्घटनामा परि मोटरसाईकल चालक ३२ वर्षिय केवन देवकोटाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो भने ३ वर्षिय बालक लिलाधर खड्काको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको बाँके प्रहरीले जनाएकोछ । मोटरसाईकलमा सवार अन्दाजी २१ वर्षिय कौशिला खड्काको अवस्था भने सामान्य रहेको छ ।
मृतक केवन देवकोटा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित महाराजा माध्यमिक विद्यालयका शिक्षक हुन् । मृतक तीन वर्षिय बालकलाई सर्पले डस्दा उपचारका लागि नेपालगन्ज आउने क्रममा उनीहरु सवार मोटरसाईकल दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाईते भएका ३ वर्षीय बालकको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामै घाईते भएकी एक महिलाको भने भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । भने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएकोछ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल