नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले पूर्वाधार विकास कार्यालय, बाँकेमा कार्यरत कार्यालय प्रमुख (सिडिई) मनिषकुमार अर्याललाई घुस रकमसहित पक्राउ गरेको छ । कार्यलय प्रमुख अर्यालका साथबाट स्रोत नखुलेको पाँच लाख ३० हजार रुपैयाँ बरामद भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश ५ को कार्यालय परिसरबाट अर्याललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार पूर्वाधार विकास कार्यालय, बाँकेमा कार्यरत कार्यालय प्रमुख (सिडिई) अर्यालले विभिन्न सेवाग्राहीहरूबाट रकम लिई बुटवलतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।
उनले कार्यालय प्रमुख अर्याललाई स्रोत नखुलेको रकम ५ लाख ३० हजार र उनी सवार ३३–१–०९६१ नम्बरको गाडी सहित भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नम्बर ५, बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाए ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल