बाग्लुङ : भल्कोट खोलाले बगाउँदा बाग्लुङको निसीखोलामा एक बालिका बेपत्ता भएकी छन् । निसीखोला गाउँपालिका–६ का ‘रासे’ भनिने राजिव बुढाकी सात वर्षीया छोरी सञ्जिला बुढामगर मङ्गलबार साँझदेखि बेपत्ता भएकी हुन् । घरदेखि २० मिटरको दूरीमा रहेको खोलामा साँझ ५ बजे निस्किएकी बालिकालाई एक्कासी बढेको खोलाको बहावले हुत्याएको इलाका प्रहरी चौकी निसीका प्रहरी नायब निरीक्षक लालमणि भट्टराईले जानकारी दिए ।
घटनाबारे प्रहरीले बुधबार बिहान ९ बजे मात्र जानकारी प्राप्त भएको थियो । स्थानीयले खबर गरेपछि प्रहरी, स्थानीयवासी मिलेर बालिकाको खोजी कार्य जारी राखेको प्रहरी नायब निरीक्षक भट्टराईको भनाइ छ । बाबुआमा गोठमा काम गरिरहेको अवस्थामा बालिका खोला किनारमा खेलेको र सोही समयमा ठूलो पानी परेको हुँदा खोलाले बगाएको हुनसक्ने अनुमान गरिएको छ । -रासस
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन
‘पुलिस, वकिल र कर्मचारी मिलेर मुद्दा कमजाेर बनाइदिए’