सर्पले डसेर अर्घाखाँचीका शेरबहादुरको मृत्यु


सर्पले डसेर अर्घाखाँचीका शेरबहादुरको मृत्यु

नेपालगन्ज : अर्घाखाँचीमा सर्पले डस्दा एक पुरुषको मृत्यु भएकोछ । जिल्लाको भूमिकास्थान नगरपालिका–९, ढिकुराका ४५ वर्षीय शेरबहादुर विकको सर्पले डसेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार सर्पले डसेपछि विकलाई उपचारका लागि कपिलवस्तुको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा गए राति बाटामै मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि यही भदौ १४ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका –५ जुकेनामा सर्पले डस्दा ३५ वर्षीय यमबहादुर बेल्बासेको ज्यान गएको थियो ।