बन्दाबन्दिमै हराए १७ जना महिला तथा बालबालिका


बन्दाबन्दिमै हराए १७ जना महिला तथा बालबालिका

सांकेतिक तस्विर

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण लगाइएको बन्दाबन्दीमा बाँकेका १७ जना महिला तथा बालबालिका हराएकाछन् । बन्दाबन्दीका कारण सवारी साधन चलेका छैनन भने एक जिल्लाबाट अर्को जिल्ला जान समेत कठिनाई परेको अवस्थामा बाँकेका १७ जना महिला तथा बालबालिका हराएको पाइएको हो ।

मानव बेचबखिन बिरुद्धको १४ औ राष्ट्रिय दिवसको अवसरमा माईती नेपालले सार्वजनिक गरेको तथ्यांकले यसको पुष्टि गरेकोछ । माईती नेपालले सार्वजनिक गरेको उक्त रिर्पोटमा यो एक वर्षको अवधिमा मानव बेचबिखनको जोखिममा रहि जोखिमपुर्ण यात्रारत ५ सय ७७ महिला तथा बालबालिकालाई नेपाल–भारत सीमाना जमुनाहाबाट उद्धार गरिएको छ ।

यसबीच बन्दाबन्दीकै अवधिमा नेपाल प्रहरीसँगको समन्वयमा बेचिन लागेको अवस्थामा नेपाल–भारत सीमानाका जमुनाहबाट एक जना रोकथाम गरि उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

यसैगरी माईती नेपालका अनुसार यो एक वर्षको अवधिमा ५ सय ८५ जनाको खोज तलास तथा उद्धारको लागि कार्यालयमा निबेदन परेको माईती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशव कोइरालाले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनका अनुसार खोजतलास तथा उद्धारका लागि परेको निबेदनमा हालसम्म २ सय ८० जना फेला परेकाछन् । भने कोरोना भाइरस संक्रमणका कारण भएको बन्दाबन्दीको समयमा १७ जना महिला तथा बालिबालिका हराको निबेदन परेको उनले जानकारी दिए ।

बन्दाबन्दीका बीच महिला तथा बालबालिका हराएको र खोजतलासका लागि कार्यालयमा आएको निबेदनमा हालसम्म ५ जना फेला परिसकेको बताउँदै माईतीका कोइलाले भने थप अरुको खोजि कार्य भई रहेको छ ।

सेतोखरीसंग कुरा गर्दै उनले भने –‘हाम्रो देश र समाजका लागि मानव बेचबिखनको समस्या एक लज्जाको बिषय भएको हामी सबैका सामु जगजाहेर छ । तर, बन्दाबन्दिका कारण यातायात समेत बन्द रहेको अवस्थामा पनि महिला बालबालिका हराउनु झन ठूलो दुःखत कुरा हो ।’

कोरोना कहरका कारण बिभन्न देश तथा नेपालकै बिभिन्न स्थानमा श्रमिकका रुपमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरु फर्कीएर आ–आफ्नो थलोमा आउनु, रोजगारी गुमाउनु र श्रम समेत गर्न नपाउनुले झन् आन्तरिक मानव बेचबिखनको जोखिमलाई बढावा मिलि रहेको यो घटना क्रमहरुले देखाएको उनले स्पष्ट पारे ।

उनले सेतोखरीसंग कुरा गर्दै अगाडी थपे–‘कोरोनाका कारण सिर्जित असहज परिस्थितीमा महिला तथा बालबालिका बेचबिखन र हराइरहेको घटना बढ्दै गएपछि यसको निराकरणतर्फ राज्य संयन्त्रसहित आम नागरिकको विशेष ध्यान जानसक्नुपर्छ ।’

कोरोना भाइरस संक्रमणका बीच यसवर्ष मानव बेचबिखन बरुद्धको १४ औं राष्ट्रिय दिवस विभिन्न सञ्चारमाध्यमका साहयताबाट मनाइदैछ । तर, यसरी मनाइने कुनै पनि दिवसले दुख पीडा र समस्याबाट मुक्तिका लागि चालिकएका कदमहरुलाई थप बल मिलोस, नयाँ–नयाँ योजनाहरु बनाउन सकियोस् भन्ने उद्देश्यका साथ मनाइने गरिएता पनि मानव बेचबिखन बिरुद्धको एक्यबद्धतामा अझैपनि आम सर्वसाधरण देखि सम्बन्धित सरोकारवालाहरुको उदासिनता कायमै छ ।