नेपालगन्ज : बर्दियामा छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु भएकोछ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार बारबर्दिया नगरपालिका वडा नम्बर– ७ रम्मापुर बस्ने तुलराम थारुको छोरी ५ वर्षिय छोरीको मृत्यु भएकोछ ।
सोही ठाउँका याम बहादुर मल्लको घर अगाडी राखेको आफ्नै ट्याक्टरको पछाडीको ट्रयालीमा बालिका खेल्ने क्रममा एक्कासी दाहिने तर्फको ढाला खोल्न गई बालिको मृत्यु भएको हो ।
यस्तै बर्दिया मधुवन नगरपालिका–२ अम्मरपुर बस्ने रिसमान थारुको १५ वर्षिय छोरीले आत्महत्या गरेकीछन् । घरनजिकैको अम्मर महेन्द्र सामुदायिक वनमा उनले झुण्डिएर आत्महत्या गरेको प्रदेश पाँच प्रहरीले जनाएको छ ।
यस्तै बर्दियाकै गुलरिया नगरपालिका वडा नम्बर–६ खानेपानी टोल बस्ने ४३ वर्षिय रेशम बिकको मृत्यु भएकोछ । उनी नेपाल बिद्युत प्राधिकरण गुलरियामा लाईनको काम गर्दथे ।
शान्तिटोल स्थित ज्ञवाली मन्दिरको पुर्व पट्टी सन्तराम चौधरीको घरमा रहेको खाटमा अचेत अवस्थामा फेला पारेका विकलाई जिल्ला अस्पताल बर्दियामा उपचारका लागि लगिएको थियो । स्थानीय प्रमोद कार्की र दीपक बिष्टले उद्दार गरि अस्पताल पुर्याएका थिए । अस्पतालमा उपचराका क्रममा उनको मृत्यु भएको हो ।
ड्युटी सकेर घर आएका बिकले श्रीमतीसँग २ हजार रुपैयाँ मागेर घरबाट निस्किएका थिए । घरबाट गएका घण्टौपछि उनी अचेत अवस्था फेला परेका हुन् । यसबिच जिल्ला प्रहरी कार्यालय बर्दियाले उक्त घटनाका विषयमा अनुसन्धान गरिरहेकोछ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल