बर्दियमा तीन जनाको मृत्यु


बर्दियमा तीन जनाको मृत्यु

नेपालगन्ज : बर्दियामा छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु भएकोछ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार बारबर्दिया नगरपालिका वडा नम्बर– ७ रम्मापुर बस्ने तुलराम थारुको छोरी ५ वर्षिय छोरीको मृत्यु भएकोछ ।

सोही ठाउँका याम बहादुर मल्लको घर अगाडी राखेको आफ्नै ट्याक्टरको पछाडीको ट्रयालीमा बालिका खेल्ने क्रममा एक्कासी दाहिने तर्फको ढाला खोल्न गई बालिको मृत्यु भएको हो ।

यस्तै बर्दिया मधुवन नगरपालिका–२ अम्मरपुर बस्ने रिसमान थारुको १५ वर्षिय छोरीले आत्महत्या गरेकीछन् । घरनजिकैको अम्मर महेन्द्र सामुदायिक वनमा उनले झुण्डिएर आत्महत्या गरेको प्रदेश पाँच प्रहरीले जनाएको छ ।

यस्तै बर्दियाकै गुलरिया नगरपालिका वडा नम्बर–६ खानेपानी टोल बस्ने ४३ वर्षिय रेशम बिकको मृत्यु भएकोछ । उनी नेपाल बिद्युत प्राधिकरण गुलरियामा लाईनको काम गर्दथे ।

Kanti Aarogya Hospital Nepalgunj

शान्तिटोल स्थित ज्ञवाली मन्दिरको पुर्व पट्टी सन्तराम चौधरीको घरमा रहेको खाटमा अचेत अवस्थामा फेला पारेका विकलाई जिल्ला अस्पताल बर्दियामा उपचारका लागि लगिएको थियो । स्थानीय प्रमोद कार्की र दीपक बिष्टले उद्दार गरि अस्पताल पुर्याएका थिए । अस्पतालमा उपचराका क्रममा उनको मृत्यु भएको हो ।

ड्युटी सकेर घर आएका बिकले श्रीमतीसँग २ हजार रुपैयाँ मागेर घरबाट निस्किएका थिए । घरबाट गएका घण्टौपछि उनी अचेत अवस्था फेला परेका हुन् । यसबिच जिल्ला प्रहरी कार्यालय बर्दियाले उक्त घटनाका विषयमा अनुसन्धान गरिरहेकोछ ।