गौबध मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ


गौबध मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

नेपालगन्ज : जिल्ला अदालत बाँकेबाट जेल सजाय फैसला सुनाइएका फरार कैदीलाई बाँके प्रहरीले पक्राउ गरेकोछ । गाई काटेको आरोपमा जिल्ला अदालत बाँकेबाट २०७२ चैत्र १० गते फैसला सुनाइएका ती फरार अभियुक्तलाई पक्राउ गरिएको हो ।

साविकको सोनपुर गाबिस वडा नम्बर– ८ हाल खजुरा गाउँपालिका वडा नम्बर– ७ गुनाना बस्ने ३१ वर्षको कुन्ने तेली भनिने अलि हुसेन तेलीलाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा उपस्थित गराईएको बाँके प्रहरीले जनाएकोछ ।

जिल्ला अदालत बाँकेको फैसलाले लगत नम्बर ३४९३ ले गौवध मुद्दामा १२ वर्ष कैद सजाय तोकिएपनि हालसम्म फरार रहँदै आएका अलि हुसेन तेलीलाई गुनानाबाट पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी नायव निरीक्षक शरम बहादुर थापाको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्दै जाँदा तोलीलाई खजुरा गाउपालिका– ७ बाट नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबिच चोरी मुद्धाका फरार अपराधिलाई समेत बाँके प्रहरीले पक्राउ गरेको छ । खजुरा गाँउपालिका वडा नम्बर– ८ का २५ वर्षिय कनउ खाँ र सोही ठाँउ बस्ने २६ वर्षिय बब्लु भन्ने मोहम्मद सफिक खाँलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत बाँकेबाट जारी भएको पक्राउ पुर्जिका आधारमा उनीहरुलाई खजुरा गाँउपालिका–८ रनियापुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको बाँके प्रहरीले बताएकोछ ।