बाँकेमा दुई महिनामै ११ जनाले आत्महत्या गरे


बाँकेमा दुई महिनामै ११ जनाले आत्महत्या गरे

नेपालगन्ज : कोरोना भाइरस संक्रमणकाबीच दुई महिनामै बाँके जिल्लामा ११ जनाले आत्म हत्या गरेकाछन् । आर्थिक वर्ष २०७७÷०७८ को पहिलो दुई महिनामै बाँकेका ११ जनाले आत्महत्या गरेका हुन् ।

जिल्लामा आर्थिक वर्षको शुरुवाती दुई महिनाकै अवधिमा मात्रै ११ जनाले आत्महत्या गरे पछि बाँकेको अवस्था डरलाग्दो बनेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार पारिवारिक द्वन्द्व, तनाव, गरीबी लगायतका कारण आत्महत्या गरेको पाइएको छ । जिल्लामा यसरी आत्महत्या गर्नेहरु तनाव, लागुपदार्थ, मद्यपान, दीर्घरोगी, मानसिक समस्या, द्वन्द्व, घरेलु हिंसा, आफन्तको मृत्यु, गरिबी, बेरोजगारी, मायामा धोका, पढाईमा असफल जस्ता कारणले व्यक्ति आत्महत्या गर्ने गरेकाछन् ।

लकडाउनका कारण सिर्जित असहज परिस्थिती वैदेशिक रोजगार, प्रविधिको दुरुपयोग तथा सामाजिक समस्या झेल्न नसकेर आत्महत्या गर्ने गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याँकलाई नियाल्दा आर्थिक वर्षको पहिलो दुई महिना साउनमा ६ जना र भदौमा ५ जनाले आत्महत्या गरेका छन् । यो अवधिमा ६ जना पुरुष र ५ जना महिलाले आत्महत्या गरेको बाँके प्रहरीले जनाएको छ ।

यसरी आत्महत्या गर्नेमा १६ वर्षीय बालक समेत रहेको बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक सुवास खड्का बताउँछन् । यस्तै लागुऔषधको लतमा फसेका देखि घरको आर्थिक अवस्थाका कारण ईच्छा पूर्ती नभएको अवस्थमा समेत आत्महत्या गरेका बाँके प्रहरीको तथ्यांकले देखाएकोछ ।

यसरी आत्महत्या गर्नेहरु नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी गाउँपालिका लगायतका क्षेत्रमा आत्महत्याका घट्ना देखिएको छ ।