नेपालमा अफिम खेती, भारतमा तस्करी

दश किलो अफिम सहित दुईजना पक्राउ


नेपालमा अफिम खेती, भारतमा तस्करी

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका बेला बाँके प्रहरीले ठूलो मात्रामा लागुऔषध अफिम सहित दुईजनालाई नियन्त्रणमा लिएकोछ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरि बस्नेतको नेतृत्वमा गएको टोलीले बाँकेको कुसुमबाट दश किलो अफिम सहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–८ का ५३ वर्षिय धनबहादुर सेन र दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १९ का २४ वर्षिय निशान घर्ती मगर रहेकाछन् ।

कोरोना भाइरस संक्रमणकाबीच ठूलो मात्रा लागुऔषध अफिमसहित पक्राउ परेको घटना बाहिर आएसगैं लागुऔषध कारोबार मौलाएको पुष्टि भएकोछ ।

सुरक्षाकर्मीदेखि सबैको ध्यायन यतिबेला कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणमा केन्द्रित भएको बेला लागुऔषधका कारोबारी मौलाउदै गएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार पत्रकार सम्मेलनमार्फत दुबै जनालाई सार्वजनिक गरेको हो । उनीहरुको साथबाट १० किलो लागुऔषध अफिम बरामद गरिएको प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए ।

दाङबाट लागुऔषध अफिम बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिका १ कुसुम नाका हुदैँ बाँके जिल्लामा ल्याउन लागेको भन्ने सूचना पाएको बाँके प्रहरीले वडा प्रहरी ईन्चार्ज बस्नेतको नेतृत्वमा विशेष टोली परिचालन गरि सोमबार बिहान साढे ६ बजे पक्राउ गरेको हो ।

प्रहरीको विशेष टोलीले बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बजारस्थित बाटोमा शंकास्पद हिडिरहेका बेला चेकजाँच गर्दा पलास्टिकको १० वटा पोकामा राखेको अफिम बरामद गरिएको हो । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘उनीहरु लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ’ प्रहरी उपरीक्षक रानाले भने–‘आफ्नै लगानीमा लागुऔषध गन्तब्यमा पुर्याउन बाँके ल्याएको अनुसन्धानबाट खुलेकोछ । बरामद गरिएको लागुऔषध अफिम पछिल्लोपटककै सबैभन्दा ठूलो परिमाणको हो ।’

उनले भने–‘पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेकोछ । लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम १५ वर्ष देखी जन्म कैद र ५ लाख देखी २५ लाखसम्म जरिवाना हुन सक्ने बताए ।’ 

अफिमबाट ब्राउनसुगर बन्दछ । यसरी नेपालबाट अबैध लागुऔषध अफिम भारत तस्करी हुने गर्दछ । भने उताबाट ब्राउनसुगर नेपाल भित्रिने गरेकोछ ।