चट्याङ लागेर एक बालिकाको मृत्यु


चट्याङ लागेर एक बालिकाको मृत्यु

सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका ६ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा मंगलबार सख्त घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस

Kids Festival 2022
kanti aarogya hospital
add