बाबुबाट दाङमा १३ वर्षीया बालिका बलात्कृत


बाबुबाट दाङमा १३ वर्षीया बालिका बलात्कृत

नेपालगन्ज : यौन प्यासमा लिप्त बाबुले १३ वर्षिया बालिकालाई दुई वर्षदेखि बलात्कार गर्दै आएको रहस्य बाहिर आएकोछ ।

पीडित पक्षले बुधबार दाङको घोराहीमा पत्रकार सम्मेलन गरेर उक्त घट्नाका बारेमा जानकारी गराएपछि यस्तो रहस्य बाहिरिएको हो । दाङ बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी ती १३ वर्षिया बालिकालाई ६२ वर्षिय आफनै झड्केलो बाबुले दुई वर्षदेखि बलात्कार गर्दै आएका हुन् ।

पीडित पक्षका अनुसार उक्त व्यक्तिले विगत दुई वर्षदेखि बालिकालाई यौन शोषण गर्दै आएका थिए । पटक–पटक यौन शोषण गर्दै आएका ती बाबुले देखाएको डर धम्कीका कारण घट्ना बाहिर आउन सकेको थिएन ।

झड्केलो बाबुले ती बालिकालाई पटक–पटक यौन शोषणका क्रियाकलापहरु गर्न थालेपछि प्रहरीमा रिपोर्ट गर्दा घटना बाहिर आएको पत्रकार सम्मेलनमा पीडित पक्षले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘बालिका दुई वर्षदेखि पटक–पटक यौन शोषणमा पर्दै आएकी रहिछन् । तर, डरका कारण हामीलाई भन्ने नसकेको रहेछ,’ पीडित बालिकाका आफन्तले भने । यौन शोषणका कारण बालिकामा शारीरिक तथा मानसिक समस्यासमेत देखा परेको छ ।

आफ्नै छोरीमाथि कुकर्म गर्ने ती बाबुलाई पीडित पक्षको उजुरीपछि पक्राउ गरि हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएकोछ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ परेका आरोपित यसअघि आफ्नै जेठी श्रीमतीको हत्या गरी कैद भुक्तानी गरेर निस्किएका व्यक्ति हुन् ।