‘छोरामाथि आक्रमण गर्नेलाई प्रहरीले समातेन’


‘छोरामाथि आक्रमण गर्नेलाई प्रहरीले समातेन’

खजुराः बाँके खजुरा ए गाउँका १९ वर्षिय सागर विकमाथि सांघातिक आक्रमण गर्नेलाई बाँके प्रहरीले पक्राउ नगरेको पीडित परिवारले गुनासो गरेकाछन् । बुधबार खजुराको ए गाउँस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै सागरकी आमा चन्द्रादेवि विकले छोरामाथि आक्रमण गर्ने विरुद्ध किटानी जाहेरी दिएको दुई महिना बित्नै लाक्दासमेत प्रहरीको उदासिनताले उनीहरु खुलेयाम हिडिरहेको र छोराको उपचार गर्दागर्दै आफू ऋणमा डुबेको बताइन् ।

चन्द्रादेविले अगाडी थपिन्–‘हामीलाई न्याय चाहियो । हाम्रो आवाजको सुनुवाई भएन त्यसैले पत्रकार सम्मेलन गर्न बाध्य भयौं ।’ उनले भनिन् –‘आर्थिक अवस्था कमजोर भएका कारण ऋणसापट गरेर जेनतेन छोराको उपचार गर्दागर्दै १० लाख खर्च भइसकेकोछ । छोरोका स्वास्थ्यमा सुधार हुनसकेकोछैन । अझ थप रकम खर्च हुनेछ । यो आर्थिक भार कसरी थेग्नु ।’

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २, ए गाउँकका १९ वर्षिय सागर विकमाथि गत साउन ८ गते स्थानीय युवाहरुले घरेलु हातहतियारबाट सांघातिक आक्रमण गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सो आक्रमणमा परि सागरको दाहिने हात, दाहिने खुट्टा काटिएकोछ । ढाडका विभिन्न भागमा गहिरो घाउचोट छ । 

‘निर्दोष भाइमाथि आक्रमण गर्नेलाई प्रहरीले उन्मुक्ति दिएको छ ।’ सागरका दाई राजु विकले भने–‘भाइको उपचारका लागि नेपालगन्ज हुदै काठमाण्डौंको ग्राण्डि अस्पतालसम्म पुर्याइयो । उपचारकै क्रममा हामी ऋणमा डुब्यौं । उता प्रहरीले अपराधीलाई पक्रने समेत चासो दिएकोछैन ।’
‘सांघातिक आक्रमणमा परेका भाइको दाहिने हात जिवनभर काम नलाग्ने भयो । जसोतसो भाइको ज्यान बचाउन सफल भयौं, हामीलाई न्याय चाहियो ।’ सागरका दाई राजुले भने ।‘ घटना लगत्तै किटानी जाहेरी दिए पनि प्रहरीले पक्रेकालाई त्यसै छाडिदियो । यस्तो अवस्थामा हामीले कसरी न्यायको अनुभूति गर्ने । उपचार गर्दा लागेको ऋण कसले तिर्छ ।’

पीडित सागर विकलाई स्थानीय सौरभ खत्री, सुनील गिरी, कुसल गिरी, सन्देश सिंह ठकुरी, सौगात मल्ल, समीर ठकुरी र उज्वल शाहीले सांघातिक आक्रमण गरेको पीडित परिवारले पत्रकार सम्मेलना बताए । घटना लगत्तै सबै प्रकृया पुरा गर्दा पनि अपराधी पक्रन बाँके प्रहरी असफल भएको उनीहरुको भनाईछ ।