मिलन चोक स्थित डुडुवा खोलामा दलबहादुरको शव भेटिएपछि घटनाको अनुसन्धान गरि मुचुल्का लिइदै प्रहरी । तस्विर : विजय मल्ल/ सेतोखरी
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ आलानगरका दलबहादुर दमाई मृत भेटिएकाछन् ।
डुडुवा गाउँपालिका वडा नम्बर–५ कम्दि स्थित डुडुवा खोलामा ६१ वर्षिय दमाईको शव भेटिएको हो ।
बिहीबार बिहान १० बजे कम्दि मिलन चोक स्थित डुडुवा पुल नजिक दमाईको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले भने–‘वेवारिसे अवस्थामा भेटिएको शव पहिचान गरि पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएकोछ ।’
प्रहरी निरीक्षक सापकोटाले भने–‘मृतक दमाई अत्यधिक मादकपदार्थ सेवनकर्ता रहेको र एकल जिवन बिताइरहेको बुझिएकोछ । थप कुरा पोष्टमार्टम रिर्पोटपछि आउनेछ ।’