मिलन चोक स्थित डुडुवा खोलामा दलबहादुरको शव भेटिएपछि घटनाको अनुसन्धान गरि मुचुल्का लिइदै प्रहरी । तस्विर : विजय मल्ल/ सेतोखरी
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ आलानगरका दलबहादुर दमाई मृत भेटिएकाछन् ।
डुडुवा गाउँपालिका वडा नम्बर–५ कम्दि स्थित डुडुवा खोलामा ६१ वर्षिय दमाईको शव भेटिएको हो ।
बिहीबार बिहान १० बजे कम्दि मिलन चोक स्थित डुडुवा पुल नजिक दमाईको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले भने–‘वेवारिसे अवस्थामा भेटिएको शव पहिचान गरि पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएकोछ ।’
प्रहरी निरीक्षक सापकोटाले भने–‘मृतक दमाई अत्यधिक मादकपदार्थ सेवनकर्ता रहेको र एकल जिवन बिताइरहेको बुझिएकोछ । थप कुरा पोष्टमार्टम रिर्पोटपछि आउनेछ ।’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ