पार्टी र समाज सेवाप्रति समर्पित ‘कृष्णकुमार बर्मा’


पार्टी र समाज सेवाप्रति समर्पित ‘कृष्णकुमार बर्मा’

कृष्णकुमार बर्माको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाउएर अन्तिम श्रद्धाञ्जली दिदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एव सभासद् किशोरसिह राठौर र बाँके क्षेत्र नम्बर –२ ‘ख’ का प्रदेश सभा सदस्य सु

बर्दिया : प्रजातन्त्र पुनस्र्थापना तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय भुुमिका निभाएका नेपाली काँग्रेसका महासमिति सदस्य कृष्णकुमार बर्मा (चौधरी)को निधनले नेपाली काँग्रेस पार्टी मात्र नभएर सिंगो बर्दियाबासी स्तब्ध बनेका छन् ।

२०४६ सालको आन्दोलनमा गाँउका युवाहरुलाई भेला गराई पञ्चायत विरुद्ध आवाज उठाउन होस वा आन्दोलनमा सहभागी गराउनका लागी सक्रिय भुमिका खेलका कृष्ण्कुमार बर्माका समकक्षिहरु भने उनको पार्टीप्रतिको लगावका साथै आम सर्वसाधरण नागरिकप्रति गर्ने व्यवहारका कारण सधै अमर रहने बताउँछन् ।

बाँकेको नेपालगन्ज जन्मथलो भएपनि बर्दियाको अति विकट मानिने गोला गाविसलाई आफ्नो कर्म थलो बनाएका बर्माले २०४६ सालको आन्दोलन सफल भएपछि २०४९ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली काँग्रेस बर्दियाकातर्फबाट निर्वाचन लडी तत्कालिन गोला गाविसका अध्यक्ष समेत बनेका थिए ।

सधै जनताको विचमा रहेर काम गर्ने, सवैलाई सम्मान तरिकाले हेर्ने, सहयोगको भावना रहेका बर्माले २०५४ सालमा भएको दोस्रो स्थानीय निर्वाचनमा पुनः गाविस अध्यक्षमा निर्वाचित भएका थिए । हाल नेपाली काँगे्रसको महासमिति सदस्य एंव नेपाली काँग्रेस केन्द्रिय खेलकुद विभागका सदस्य समेत रहेका बर्मा बाल्यकालदेखि नै समाज सेवामा रमाउने मिलनसार समाजप्रेमि व्यक्तित्वको रुपमा परिचित थिए ।

Kids Festival 2022
kanti aarogya hospital

बर्माका समकक्षि तथा नजिकबाट चिन्नेहरुले सधै बर्माको अभाव महसुस भैरहने बताउँछन् । बर्दिया निवासी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एव सभासद् किसोरसिंह राठौरले संगै काम गर्ने मौका मिलेको बेला काममा मिहेनत तथा ईमान्दारीता देखिने गरेको उनको अनुभव छ ।

जनता प्रतिको विश्वास कामप्रतिको ईमादारीताका कारण नै बर्मालाई पार्टीले विश्वास गरेको राठौरको भनाई छ । बर्मा खेलकुद क्षेत्रमा पनि रुची राख्ने युवालाई खेलप्रति उत्प्रेरित गर्ने काम गरेको नेपाली काँग्रेस अनुशासन समितिका केन्द्रिय सदस्य समेत रहेका किसोरसिंह राठौरको भनाई छ ।

त्यसो त बर्मा सवैका आँखामा राखेपनि बिझाउने खालका मानिस थिएनन् । मिजासिला सधँै सहयोगको भावना रहेका बर्माले राजनीतिसगै खेलकुद क्षेत्रको पनि नजिकबाट नियाली रहन्थे र कहिलेकाँहि बाँके नेपालगन्ज निवासी नेपाली काँग्रेसका प्रदेश सभा सदस्य सुरेन्द्र हमालसँग कुराकानी गर्दै बर्दियाको खेलकुदको विकास, उत्थान र यसको प्रर्बद्धनका लागि छलफल गरिरहने हमालको भनाई छ ।

ओलम्पिक खेलमा कास्य पदक विजेता समेत भैसकेका प्रदेश सभा सदस्य सुरेन्द्र हमालले बर्दियाका लागी बर्मालाई गुमाउनु दुर्भाग्य भएको बताए ।

बर्माको दाहसंस्कारका लागि घाटमा उपस्थित जनता । तस्विर: दीपक शर्मा /सेतोखरी

नेपाली काँग्रेसका महासमिति सदस्य विद्याप्रसाद खनालले अन्यायको विरुद्धमा र न्यायको पक्षमा सधै खटिरहने बर्मा न्यायको पक्षमा आफन तथा ईष्टमित्रसंग पनि बिद्रोह गर्ने स्वभाव भएको बताउछन् । बर्माको पार्टीप्रतिको लगाव र जनताप्रतिको विश्वासले नै बर्माले लगातार दुइ पटक स्थानीय निकायको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुँदा बर्दियाले उनलाई सधै सम्झिरहने खनालको भनाई छ ।

२०१६ साल साउन महिनामा बुवा सीताराम बर्मा र आमा ह्दयदेवि वर्माको कोखबाट २ छोरा र २ छोरी मध्ये कान्छा छोराको रुपमा जन्मिएका बर्मा नेपालगन्जमै रहँदा विद्यार्थी राजनीतिमा सक्रिय थिए ।

बर्दियाबाट नेपालगन्जमा पढ्न जाने युवाहरुलाई संगठित गरी आन्दोलनमा लाग्न र प्रजातन्त्र स्थापनाका लागी निरन्तर आवाज उठाइरहने, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आएर संगठन विस्तार होस् वा अन्य राजनीतिक गतिविधि गरी युवालाई प्रेरित गर्ने काम गरेको अहिले भर्खर जस्तो लाग्ने राजेन्द्रप्रसाद धिताल बताउँछन् ।

तत्कालिन गोला गाविसबाट आफु अध्ययनको शिलसिलामा नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसमा आएको बेला पहिलो पटक बर्मासंग भेट भएको बताउने राजेन्द्रप्रसादले पछि गएर आफ्नै गाउँमा भेट हुदाँ उनीबाट प्रभावित भएको स्मरण गर्दै उनले भने –‘बर्मा पार्टीको ईमानदार सच्चा कार्यकर्तासंगै सवैको मन जित्ने सफल व्यक्ति गुमाउँदा नेपाली काँग्रेसलाई मात्र नभएर बर्दियाका लागी पनि दुःखद् भएको बताए ।

सहयोगको भावना भएका बर्मा लामो समय देखि मृगौलाको समस्या रहेको थियो । उनलाई आफनै आमाले मृगौला दिएर बाँचेका बर्मा नियमित डाइलोसिस गराइरहेका थिए । बर्माको अचानक स्वास्थ्य स्थिती खराब भएपछि ललितपुरस्थित क्रिष्ट अस्पतालमा उपचारको क्रममा भदौ २९ गते बेलुकी ५ बजेर ३० मिनेटमा उनको निधन भयो । उनका श्रीमती र २ छोरा १ छोरी छन् ।

संधै सामाजिक कार्य र सहयोगको एजेण्डा बोकेर हिँडिरहने बर्माले कहिल्यै पनि पार्टी भित्र ठृलो आश गरेनन् । कुनै लाभको पदका लागी दौडधुम पनि गरेको पाइएन । सधै पार्टी र जनता भनेर हिँडिरहने बर्माले आफु लामो समय देखि विरामी भएपनि पार्टीबाट सहयोगको याचना गरेनन् । यद्यपी लामो समयसम्म विरामी हुँदा समेत पार्टीले बर्मालाई केहि सहयोग गरेको देखिएन ।

ईमान्दार भएर पार्टी र जनताभन्दा माथि कोहि नभएको भन्ने सोँचलाई केन्द्रमा राखेर अगाडि बढेका बर्मालाई पार्टीले चिन्न नसकेको उनका समकक्षिहरुको मात्रै हैन अहिलेका नयाँ विद्यार्थी नेताहरुको पनि बुझाई रहेको छ ।

पार्टि भित्र सधै इमानदार रहने लाभको पदलाई पहिलो प्राथमिकतामा नराखेर अगाडि बढेका बर्मालाई तत्कालिन अवस्थामा पार्टीले समेत पहिचान गर्न नसेको नेपाली काँग्रेसका महासमित सदस्य एंव नेपाली काँग्रेसका संगठन विभागका केन्द्रिय सदस्य जन्मजय तिमिल्सिनाको बुझाई छ ।

आफूले सानै देखि चिनेको व्यक्ति उनको राजनीतिबाट प्रेरित भई राजनीति यात्रा थालेका कमलप्रसाद रेग्मीले बर्दियामा यस्ता व्यक्तिहरुको सधै खोजी भैरहरने बताउँछन् ।

बर्माको कर्मथलो बर्दियाको गेरुवा गाँउपालिका वडा नम्बर–४ जोधिपुर गाँउका मानिसका लागी अहिले पनि बर्माको निधन भएको तथ्यलाई स्वीकार गर्न सकिरहेका छैनन । उनको गेरुवा कर्णाली नदिको कोठियाघाटमा दाहसँस्कार गरिएको नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्बर–२ का क्षेत्रीय सचिव छप्पुराम चौधरीले बताए । बर्माको अन्त्येष्टिमा हजारौँ मानिसको सहभागीता रहेको थियो ।

अहिले राजनीति आफनो नितान्त र व्यक्तिगत स्वास्र्थ र फाइदाका लागी गरिने गरिन्छ । तर, बर्मांले राजनीति गर्ने भनेको समाज सेवा हो भन्ने सन्देश दिएर गएतापनि त्यो अबका नयाँ पुस्ताले कसरी अगाडि बढाउनेछन् हेर्न बाँकी रहने छ ।