नेपालगन्ज : २५ ग्राम ब्राउन सुगरसहित नेपालगन्ज उपमहानगरपालिकाका महिन अन्सारी पक्रउ परेकीछन् । नेपालगन्ज– ११ भट्टीटोलकी अन्सारीलाई प्रहरीले दाङको अमलियाबाट पक्राउ गरेको हो ।
अन्सारीले शरीरमा ब्राउन सुगर लुकाएर राखेको अवस्थामा प्रहरीले दाङको लमही नगरपालिकाको अमेलियाबाट सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अन्सारीबाट बरामद गरिएको ब्राउन सुगरको बजार मूल्य झण्डै ७५ लाख रुपैयाँ रहेको छ ।