मोटरसाईकलसहित अबैध सामान बरामद


मोटरसाईकलसहित अबैध सामान बरामद

नेपालगन्ज : दशगजाक्षेत्रबाट नेपाल ल्याइदै गरेको अबैध सामान सहित मोटरसाईकल शसस्त्र प्रहरीले बरामद गरेकोछ ।

शसस्त्र प्रहरी बल बिओपी जमुनाहा भन्सारबाट सहायक प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा गएको ७ जना मोबाईल गस्ती टोलीले उक्त सामान बरामद गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ टंकपसरी नजिक दशगजाबाट तस्करले यूपी ४० एच ३१९० को पल्सर मोटरसाईकलमा कम्प्रेसर १ थान, फोर्स वियरिङ्ग, एक्सल तथा विभिन्न सागसब्जीको बीउसहितको सामान नेपाल भित्र्याउदै गर्दा बरामद गरिएको शसस्त्र प्रहरी बल बिओपी जमुनाहा भन्सारले जनाएकोछ ।

शसस्त्रको गस्ती टोलीलाई देखेपछि ती तस्करले मोटरसाईकलसहित सामान छाडेर भागेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

बरामद गरिएको उक्त सामान एक लाख १० हजार रुपैयाँको रहेको र आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको शसस्त्र प्रहरी बल बिओपी जमुनाहा भन्सारले जनाएकोछ ।