‘ज्यानलेवा’ कोरोना निमोनिया

बाँकेमा ५ दिनमा ४ जनाको मृत्यु


‘ज्यानलेवा’ कोरोना निमोनिया

कोरोना पोजेटिभ भएर बर्दिया बारबर्दिया गाउँपालिकाका वडा अध्यक्षको भेरी अस्पतालमा उपचार गराउँदा लिएको तस्विर हो यो । कोरोनापछि निमोनिया भएर यहि साता उनको मृत्यु भएको छ । तस्विर : पूर्ण ढकाल

 
 
नेपालगन्ज : कोरोना लागेपछि निमोनिया ज्यानलेवा बनिरहेको छ । कोरोना लागेपछि निमोनिया हुने र मृत्यु हुने क्रम बढ्दो छ । कोरोनाको लक्षण देखिएपछि कोरोनाको भाइरसले सिधै फोक्सोमा आक्रमण गर्ने र स्वास प्रस्वासमा समस्या गराई ज्यान लिने गरेको छ । निमोनियाले ज्यान जानेको संख्या एकदम बढ्दो छ । 
चिकित्सकहरुका अनुसार, कोरोनाको लक्षण देखिसकेपछि मान्छे विरामी हुने र अस्पताल पुगेर स्वाव दिँदा र पिसिआर रिर्पोट आइनपुग्दै उसलाई फोक्सोमा निमोनियाले आक्रमण गरिसकेको हुन्छ । यहिक्रममा ४, ५ दिन वितिसकेको हुन्छ । अनि कोरोनाको विरामीमा अक्सिजनको मात्रा कमि भइ स्वास फेर्न गह्रो भइसकेको हुन्छ । पिसिआर रिर्पोट ढिलो आउने भएकै कारणले विरामी अन्तिम अवस्थामा अस्पताल पुग्छ, त्यो बेलासम्म निमोरियाले धेरैनै गाह्रो बनाइसकेको हुन्छ । अनि ज्यान जाने गरेको छ । 
कोरोना लागेर निमोनिया भइ मृत्यु हुने दर बाँके जिल्लामा पनि बढ्दै गइरहेको छ । कुनै दिर्घरोगी नभएका व्यक्ति पनि कोरोना पोजेटिभ भइ निमोनिया भएर हाल अस्पतालमै ज्यान गुमाइरहेका छन् । समयमा पिसिआर रिर्पोट नआउनु, समयमा अक्सिजन नपाउनु र भेन्टिलेटरको अभाव आदि कारणले कोरोना विरामीको मृत्यु भइरहेको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ ,
बाँके जिल्लामा यहि हप्ता मात्र ५ दिनमा ४ जना कोरोना विरामीको मृत्यु निमोनियाबाट भएको छ । कोरोनाले ग्रस्त भइसकेपछि मात्र अस्पताल पुगेका कोरोनाका विरामीको उपचारका क्रममा मृत्यु हुन पुगेको छ । नेपालगन्ज मेडिकल कलेजका डा.सुभाष योगीले सरकारले स्वाव दिएकै दिन पिसिआर रिर्पोट आइदिएमा विरामी छिटो अस्पताल पुग्ने र छिटो उपचार पाउने भएकाले निमोनिया लागेर मृत्यु हुने दरमा कमि आउन सक्ने बताउँछन् ।
बर्दिया, ठाकुरबाबा नगरपालिका –७ का वडा अध्यक्षको कोरोना संक्रमण भएको भोलीपल्टै ज्यान गयो । असोज ४ गते  अस्पताल भर्ना भएका उनको भोली पल्ट कोरोना पोजेटिभ पुष्टि भयो ।  उपचारमा संलग्न चिकित्सकको अनुसार उनको देब्रेपट्टि सिभियर निमोनिया भएको थियो । 
६४ वर्षिय ती पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गयो । यसरी कोरोना संक्रमितलाई निमोनिया समेत थपिएर ज्यान  गएको यो पहिलो घटना होइन ।
नेपालगन्ज उपमहानगरपालिका – २१ पुरैनी गाउँका ५९ वर्षिय पुरुषको पनि दुवै तिरको फोक्सो निमोनिया भएर मृत्यु भएको अस्पतालले जनाएको छ । गत भदौ २१ गते कोरोना संक्रमणको पुष्टि पछि उनलाई निमोनिया हुन थाल्यो । उनको असोज ३ गते निधन भयो ।
दमका दीर्घबिरामी सुर्खेतका ५८ वर्षिय पुरुषको असोज ६ गते ज्यान गयो । गुर्भाकोट नगरपालिका –४,सहारेका ती पुरुषको स्वासप्रस्वासमा गम्भीर समस्या आयो । भदौ २१ गते कोरोना पोजेटिभ  पुष्टि भयो । असोज ५ गते ज्यान गयो ।
बारबर्दिया –३, बानियाभार, बर्दियाका वडा अध्यक्ष ३९ वर्षिय पुरुषलाई पनि कोरोना संक्रमण पछि निमोनियाले सतायो । उनको दुवै तर्फको फोक्सोमा निमोनिया भयो । भदौ ३० गते कोरोना पोजेटिभ पुष्टि भएकोमा एक साता पछि असोज ७ गते निधन भयो । यसरी बाँकेमा एक साता भित्र लगातार ४ जनाको निमोनियाबाट ज्यान गएको अस्पताको तथ्यांकले देखाएको छ ।
निमोनियामा फोक्सोका कोषिका सुन्निएर श्वासप्रश्वासमा समस्या उत्पन्न हुन्छ । अवस्था जटिल बन्दै गए ज्यानसमेत जानसक्ने त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगन्जका बरिष्ठ छाति रोग विशेषज्ञ डा. निरज बमको भनाई छ ।
उपचारका क्रममा बाहिरि जिल्लाबाट आएकामध्ये पछिल्लो समय कोरोना संक्रमितलाई निमोनियाले सताएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना पोजेटिभ पुष्टि भएपछि सोहि रोगका कारण ज्यान गएको उल्लेख गर्नुपर्ने निर्देशन दिएपछि संक्रमितको निमोनियाले ज्यान जाने गरेको चिकित्सकहरु बताउँछन् । 
नेपालमा निमोनियाले वर्षेनी कति जनाको ज्यान लिन्छ भन्ने यकिन  तथ्यांक छैन । डब्लुएचओका अनुसार, २०१७ मा पाँच वर्षमुनिका १५ प्रतिशत बालबालिकाको मृत्यु निमोनियाका कारण भएको थियो । यस वर्ष  आठ लाख आठ हजार छ सय बालबालिका र वयस्कसमेत निमोनियाबाट ग्रस्त भए । ब्याक्टेरिया तथा भाइरसको संक्रमणका कारण फोक्सोमा इन्फेक्सन भई निमोनिया हुने गर्छ । कोरोना भाइरसको संक्रमणपछि संक्रमित व्यक्तिमा निमोनियाका जस्तै लक्षणहरु चिनियाँ नागरिकमा समेत देखा परेको थियो । 
 
 
 
Kids Festival 2022
kanti aarogya hospital
add