नेपालगन्ज : नेपाल–भारत सीमानाका टंकपसरीबाट नेपाल ल्याउदै गरेको अबैध सर्तीजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेकोछ ।
शसस्त्र प्रहरी बल बिओपी जमुनाहा भन्सारबाट सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक सन्तोष शर्माको कमाण्डमा गएको मोबाईल गस्ती टोलीले उक्त सामान बरामद गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१५ टंकपसेरीबाट उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । गस्तीमा गएको सशस्त्र प्रहरीको टोलीलाई देखेर तस्कर भागेका थिए ।
भन्सार छलि भारतबाट नेपाल भित्र्याइएका बिडी, पानको पात, कमला पसन्द लगायतका सुर्तिजन्य पदार्थ बरादम गरि आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएकोछ ।
सशस्त्र प्रहरीले बरामद गरेको उक्त अबैध सामानको मूल्य ६४ हजार बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
यतिबेला कोरोना भाइरस संक्रमणका कारण नेपाल–भारत सीमानाका बन्द रहेकोछ । तर तस्करले छोटी नाका तथा सुरक्षाकर्मीको उपस्थिती नहुने क्षेत्रबाट अबैध कारोबार गरिरहेकाछन् ।
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद