नेपालगन्ज : नेपालगन्जबाट ४ ग्राम ५ सय मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बाट उक्त लागुऔषध सहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्क बस्ने २३ वर्षिय मोहम्मद जुनेड हलवाई र बढैयाताल गाउँपालिका वडा नम्बर ३ बस्ने २७ वर्षिय सपना पुनलाई नियन्त्रणमा लिएकोछ ।
गोप्य सूचनाका आधारमा प्रहरीले मङ्गलबार ४ बजे चेकजाँच गर्नेक्रममा हलवाई र पुनका साथबाट प्लाष्टिकको ६ वटा पुडिया बनाई राखेको ४ ग्राम ५ सय मिली ग्राम लागू औषध (ब्राउन सुगर)सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोछ ।
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद