धान ‘थ्रेसिङ’ गर्दा महिलाको मृत्यु


धान ‘थ्रेसिङ’ गर्दा महिलाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएको एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउँदको मृत्यु भएको हो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘ट्र्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ ।’ उनले ईलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिए । -रासस