कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएको एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो ।
‘खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउँदको मृत्यु भएको हो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘ट्र्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ ।’ उनले ईलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिए । -रासस
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन
‘पुलिस, वकिल र कर्मचारी मिलेर मुद्दा कमजाेर बनाइदिए’