राँगाको मासु खाँदा १४ बिरामी


राँगाको मासु खाँदा १४ बिरामी

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा राँगाको मासु खाँदा १४ जना स्थानीय बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिरामीको महाकाली अस्पतालमा उपचार भइरहेको बताए ।

बिरामीमा पखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ । ‘स्थानीय बङ्गला चदाराले दुई दिनअघि राँगाको मासु बिक्री गरेको रहेछन्’, प्रवक्ता थापाले भने,‘त्यही मासु खाएर स्थानीय बिरामी परेको हुन भन्ने खबर छ ।’ -रासस

Kids Festival 2022
kanti aarogya hospital
add