नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा तालमा डुबेर दुई बालकको ज्यान गएको छ ।
फत्तेपुरमा रहेको नागराफल झरना अवलोकन गरेर फर्कने समयमा नजिकैको तालमा पौडी खेल्नेक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–९ बाँकेगाउँका १६ वर्षिय शिव शंकर शुक्ला र १४ वर्षका बिनोद बर्माको तालमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
शुक्रबार बिहान ६ जनाको समूह बनाएर नागराफल झरना अवलोकन गर्न गएका उनीहरु मध्ये शुक्ला र बर्मा पौडी खेल्नेक्रममा डुबेका हुन् ।
पानीमा डुबेका दुबै जनाको उद्दार गरी उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको होस् शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद