तालमा डुबेर दुई बालकको निधन


तालमा डुबेर दुई बालकको निधन

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा तालमा डुबेर दुई बालकको ज्यान गएको छ ।

फत्तेपुरमा रहेको नागराफल झरना अवलोकन गरेर फर्कने समयमा नजिकैको तालमा पौडी खेल्नेक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–९ बाँकेगाउँका १६ वर्षिय शिव शंकर शुक्ला र १४ वर्षका बिनोद बर्माको तालमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

शुक्रबार बिहान ६ जनाको समूह बनाएर नागराफल झरना अवलोकन गर्न गएका उनीहरु मध्ये शुक्ला र बर्मा पौडी खेल्नेक्रममा डुबेका हुन् ।

पानीमा डुबेका दुबै जनाको उद्दार गरी उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।